Skip to content
Prabhu

राईटकै भरमा किन लगानी गर्न हुदैन ?

nabil
सन्तोष राज बजागाई

आज चिया पसलमा चिया पिउदै थिए , एकजना काकाले सोध्नु भयो ,भाइ म  सेयर बजारमा छिरेको थोरै समय भो , अब अलिकता पैसा छ लगानी गर्नु पर्ने ,कुनको राईट सेयर आउदै छ ,त्यही किन्नु पर्यो ?”
छिमेकी काकाकोकुरा सुनेर म आफै अचम्ममा परे,कम्पनीले दिने लाभांश भम्दा राईटले बजार चलाउदो रहेछ भनी महसुस गरे अनि दिक्क मान्दै केही लेख्न मन लाग्यो ।
             अहिलेको बजारको बुल भनेको पोर सालको मौद्रिक निति पश्चात् उचालिएको हो । मौद्रिक नीति मार्फत बैंक ,विकास बैंक तथा फाईनान्स कम्पनीको पुजी वृद्धि योजना ,त्यस्तै ईन्सुरेन्स समूहमा भुइचालो पश्चात् पुजी वृद्धि योजनाको आवस्यकताले गर्दा बुल मजाले कुद्न पुग्यो ।   त्यस्तै त्यो बुललाई कम्पनीको राम्रो वित्तीय प्रतिवेदनले साथ दियो ।
           पुजी वृद्धि योजनाका लागि धेरैले राईट सेयर को बाटो रोजे । धेरै लगानीकर्ताले झ्यामै राईट दिने कम्पनी सङ्ग माया प्रेम बसाले  । धेरै राईट सेयर दिने कम्पनीको मुल्य आकाशिने क्रम जारी छ जुन स्वभाविक कुरा पनि हो ।
            बजारलाई कहिले पनि एक दुई दिनको बजार हो भनेर हेर्नू हुन्न । आज किनेको सेयरले मेरा छोरा नातिले पनि प्रतिफल पाउन भनेर लगानी गरिनु पर्दछ । धेरै जस्तो अवस्थामा ठुलो मात्राको राईट सेयरले निस्चित कम्पनिको सेयर मुल्यलाई बबल”पानीको फोका ”  बनाउने गर्दछ । लगानीको क्षेत्र फराकिलो , जगेडा कोष बलियो र राम्रो प्रती सेयर आम्दानी भएका कम्पनीलाई राईट सेयरले खासै असर पार्दैन तर थोरै प्रति सेयर आम्दानी , जगेडा मजबुत नभएका र प्रती सेयर आम्दानी सन्तोषजनक नभएका कम्पनीले राईट मार्फत पुजी वृद्धि गरिदिदा ती कम्पनिलाई लामो समय गाह्रो पर्न सक्छ ।


       अब के गर्दा ठिक होला?
त्यसैले अहिलेको अवस्थामा वित्तिय अवस्था त्यति बलियो नभएका र राईट सेयरकै भरमा पुजी वृद्धि गर्न अग्रसर भएका कम्पनीमा उच्च मुल्यमा लगानी गर्दा केही समस्या हुन सक्छ ।
 
           यदि आफ्नो लगानीको  योजना लामो समयका लागि छ भने कम्पनी छान्दा यस वर्ष वृद्धि भएको पुजी अर्को १-२ वर्षसम्म नाफा पनि त्यति नै प्रतिशत वृद्धि हुने खालका कम्पनी खोज्नु पर्दछ  ,जसले गर्दा लाभांशमा खासै असर पर्दैन र लगानीकर्ताले राम्रो प्रतिफल पाईरहेका हुन्छ्न । लामो समयलाई विचार गर्दा बुल खाली राईटको भरमा दगुर्दैन , बुल  दुगुर्नुका निमित्त लाभांशले पनि गतिलो साथ दिनु पर्दछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal