Skip to content

चिलिमेको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक; नाफा स्थिर, प्रति शेयर आम्दानी र विधुत विक्री आय घट्यो

nabil bank

लगानीन्युज/काठमाडौँ : चिलिमे जलविधुत आयोजनाले आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको  छ।  
३ अर्ब ९६ करोड चुक्ता पुँजी भएको कम्पनीले  ९३ करोड ८७ लाख रुपैयाँ कमाएको छ। कम्पनीले आर्थिक  वर्ष ७३/७४ मा ९३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।  
पुँजी १५ प्रतिशतले वृद्धि भएको तर खुद नाफा नगन्य वृद्धि हुँदा कम्पनीको प्रति शेयर आम्दानी भने घट्न पुग्यो। 
प्रति शेयर आम्दानी २८ दशमलव ०३ रुपैयाँ बाट घटेर २३ दशमलव  ६८ रुपैयाँ   पुगेको छ।  
खुद नाफामा  सामान्य वृद्धि देखिएतापनि  कम्पनीको विधुत बिक्रीबाट  हुने आय भने सामान्य घटेको छ।  आर्थिक  वर्ष ७३/७४मा विधुत विक्री बाट १ अर्ब १९ करोड आम्दानी गरेको कम्पनीले  आर्थिक  वर्ष ७४/७५मा सो रकम १ अर्ब १३ करोड पुगेको छ।  प्रमुख आम्दानीको श्रोतमा रहेको विधुत बिक्री आय ५ प्रतिशतले घट्न पुगेको छ।
कम्पनीको प्रमुख आम्दानीको श्रोत घटेपनि नाफा वृद्धि हुनुको प्रमुख कारण भनेको व्याजबाट आएको आम्दानीमा राम्रो सुधार हुनु हो।  व्याज आम्दानी ३ करोड ९३ लाख बाट वृद्धि भएर ६ करोड ८२ लाख पुगेको छ।
त्यस्तै प्रशासनिक खर्चमा पनि कमी  आएको छ।  प्रशासनिक खर्च ७ करोड ३५ लाख बाट घटेर ४ करोड ६२ लाख  पुगेको छ।  
   
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life