Skip to content

खुद नाफा वृद्धि गरी प्रति शेयर आम्दानी सन्तुलनमा राख्न सफल सोल्टी होटल



लगानीन्युज/काठमाडौँ : सोल्टी होटल लिमिटेड (SHL) ले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासको वित्तीय  विवरण सार्वजनिक गरेको छ।  

  
कम्पनीले १ वर्षको अवधिमा २१ करोड २९ लाख रुपैया खुद नाफा गरेको छ। आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले १८ करोड २९ लाख रुपैया खुद नाफा गरेको थियो । 
खुद नाफा संगै कम्पनीको प्रति शेयर आम्दानीपनि वृद्धि भएको छ।   प्रति शेयर आम्दानी ३ दशमलव १६ रुपैया बाट वृद्धि भएर ३ दशमलव २० रुपैया पुगेको छ।  
कम्पनीको चुक्ता पुँजी ६६ करोड ६० लाख रुपैया छ भने जगेडा कोषमा ९२ करोड १ लाख रुपैया छ। डेब्ट र इकयुटीको अनुपात घटेर ० दशमलव ०१ छ। कम्पनीको किताबी मूल्य (प्रति शेयर नेटवर्थ ) २३ दशमलव ८१ रुपैया छ।

कम्पनीको प्रमुख आम्दानीको श्रोत सेवा बाट हुने आम्दानी भने घटेको छ । आर्थिक वर्ष ७३/७४ मा कम्पनीले सेवा बाट १ अर्ब ५७ करोड कमाएकोमा आर्थिक वर्ष ७४/७५ मा सो आम्दानी सामान्य गिरावट आएर १ अर्ब ५६

 करोड पुगेको छ।  
कम्पनीको दिर्घकालिन कर्जा केही कम बहेको छ।  दिर्घकालिन कर्जा  ६६ लाख १७  हजार बाट घटेर ५८ लाख ५१ हजार पुगेको छ। 
हेरौ कम्पनीको चौथो त्रैमासको विवरण :

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life