लगानीन्युज/काठमाडौँ :
आज नेप्से परिसूचक 0 दशमलव ६१ अंकले वृद्धि भएर १२१० दशमलव ३२ को विन्दुमा पुगेको छ। आज ४५ करोड ५२ लाख बराबरको शेयर खरिद बिक्री भयो। नेप्से परिसूचकमा नगन्य वृद्धि देखिएपनि क वर्गको कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने घटेको छ।
२:३० सम्म १२१६ सम्म पुगेको बजार त्यसपछि भने बजारमा बिक्री चाप आएको देखिन्छ।
आज बैंक र उत्पादनमुलक कम्पनीको उपसुचक बाहेक सबै उपसुचकमा घटे। सबै भद्ना धेरै उत्पादन मुलक कम्पनीको उपसुचकमा ३ दशमलव ६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै ट्रेडीङ्ग उपसुचकमा गिरावट देखियो।
आज सबै भन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकको सस्थापक शेयरको किनबेच भयो। इन्भेस्टमेन्टको १ करोड ८९ लाख बराबरको सस्थापक शेयर किनबेच भयो।
आज बोतलर्स नेपाल तराईको शेयर मूल्य सबै भन्दा धेरै ८ दशमलव १० प्रतिशतले बढ्यो भने ललितपुर फाईनान्सको शेयर मूल्य ९ दशमलव ५८ प्रतिशतले घट्यो।
अन्तिम समयमा आएको बिक्री चाप त्यति सकारात्मक नहुने जानकार बताउछन।
हेरौ आज धेरै कारोवार भएका १० कम्पनी :
प्रतिक्रिया दिनुहोस्