Skip to content

बिहीवार कारोवारको सुरु भएको नाडेप लघुवित्त कस्तो छ ?


लगानीन्युज/काठमान्डौ :

धादिङ्गको गजुरीमा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तले केही समय अघि मात्र साधारण शेयर बाडफाड सम्पन्न गरेको थियो।  उक्त शेयरहरु नेपाल स्टक एक्सेन्जमा सुचिकृत भएसंगै बिहीबार ५९७ प्रति कित्ता १० कित्ताको एउटा कारोवार सम्पन्न भयो। 
 
१६ करोड चुक्ता पुँजी भएको कम्पनी यतिमा सिमित हुने देखिएन । आगामी दिनमा कम्पनीले १०० प्रतिशत हकप्रद बिक्री गर्ने छ।  हकप्रद पछि कम्पनीको पुँजी ३२ कारोड पुग्ने छ।
  
हेरौ वित्तिय विवरण :
आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमास अनुसार कम्पनीको पुँजी १६ करोड छ भने जगेडा कोषमा १५ करोड ८३ लाख रुपैया संचित छ।  
कम्पनीको सापटी रकम २ अर्ब ३ करोड छ भने कम्पनीले ८३ करोड ६९ लाख रुपैया निक्षेप संकलन गरेको छ। 
लघुवित्तले  २ अर्ब ९३ करोड कर्जा प्रवाह गरेको छ। 
 
कम्पनीले आर्थिक वर्ष ७४/७५ मा ४ करोड ७२ लाख रुपैया खुद नाफा कमाएको छ।  कम्पनीको प्रति शेयर आम्दानी भने २९ रुपैया ५५ पैसा छ। 
 कम्पनीको जगेडाकोषको रकम  भने बलियो हुदै गएको अवस्था छ।  कम्पनीले कर्जा प्रवाहपनि वृद्धि गर्दै लागेको देखिन्छ तर प्रमुख आम्दानीको श्रोतका रुपमा खुद व्याज आम्दानीमा आएको गिरावट , प्रोभिजन  रकममा देखिएको वृद्धिले गर्दा कम्पनीको  खुद नाफा घट्न पुग्यो।  
निस्क्रिय कर्जा ३ प्रतिशतभन्दा माथि पुग्नु लघुवित्तको अर्को नकारात्मक पक्ष रहेको छ।
   
 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life