लगानीन्युज/काठमान्डौ :सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। आर्थिक वर्ष ७४/७५ मा कम्पनीले ३३ करोड ३० लाख रुपैया खुद नाफा गरेको छ। आर्थिक वर्ष ७३/७४ मा कम्पनीले २७ करोड ६२ लाख कमाएको थियो।
कम्पनीको पुँजी ५३ करोड ८२ लाख छ। बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा सगरमाथा इन्स्योरेन्स सो पुँजीको लक्ष्य हासिल गरिसकेको अवस्था छैन । कम्पनीले अझै ८६ प्रतिशतले आफ्नो पुँजी वृद्धि गर्नु पर्ने छ।
कम्पनीको प्रति शेयर आम्दानी भने ५१ रुपैया ३१ पैसाबाट वृद्धि भएर ६१ रुपैया ८८ पैसा पुगेको छ।
प्रतिक्रिया दिनुहोस्