Skip to content

नेपाल पुँजी बजार लगानीकर्ता संघको सक्रियता बढ्दै, भोलि जनकपुरमा अन्तरक्रिया कार्यक्रम

nabil bank

लगानीन्युज/काठमान्डौ: यसै आर्थिक वर्षमा दर्ता भएको सबै भन्दा कान्छो संघ नेपाल पुँजी बजार लगानीकर्ता संघका क्रियाकलापहरू दिन प्रतिदिन बढ्दै छन् । 
नेपाल पुँजी बजार लगानीकर्ता संघको आयोजनामा भोलि भाद्र १५ गते  जनकपुरधाममा “वर्तमान शेयर बजारका अवसर र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ। 
कार्यक्रम दिउसो  २ बजे देखि मत्स्य मानव संशाधन विकास तथा प्राविधिक परीक्षण केन्द्र जनकपुरधाममा सञ्चालन हुने कुराको जानकारी आयोजकले दिएको छ।  
 कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रदेश नम्बर दुईका मुख्य मन्त्री श्री लाल बहादुर राउत र विशेष अतिथिमा  नेपाल पुँजी बजार लगानीकर्ता संघकी केन्द्रिय अध्यक्ष शुश्री राधा पोखरेल रहने जानकारीपनि  आयोजकले दिएको छ।
  
राजधानी बाहिर गरिने यस्ता कार्यक्रमले पक्कै पनि शेयर बजारको विकास र विस्तारमा सहयोग पुग्ने नै छ।  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance
global ime