Skip to content

बाग्लुङ्गमा दुई दिने शेयर तालिम सम्पन्न

लगानीन्युज/बाग्लुङ्ग: बाग्लुङ्ग इन्भेस्टमेन्टको आयोजनामा शेयर बजार सम्बन्धी दुई दिने आधारभूत शेयर तालिम सम्पन्न भएको छ।  तालिम  शुक्रबार र शनिबार गरी दुई दिन सम्म चलेको थियो। 
 
बाग्लुङ्ग स्थित होटल पिस प्यालेसमा आयोजना भएको  तालिममा ३९ जना लगानीकर्ताको सहभागीता थियो।  
यस प्रकारका तालिमहरु आगामी दिनमा पनि गर्ने र  यस्ता  क्रियाकलापले शेयर बजारको विस्तारमा सहयोग पुग्ने आयोजक बाग्लुङ्ग इन्भेस्टमेन्टको तर्फबाट पुनम शर्माले जानकारी दिनु भयो।
तालिममा सन्तोष राज बजगाईले ट्रेनरको भूमिका निर्वाह गर्नु भएको थियो।  
  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life