Skip to content

लगानीन्युज आज देखि पूर्ण सञ्चालनमा

nabil bank
आज सोमबार विश्वकर्मा पूजाको दिनबाट लगानीन्युजको व्यावसायिक सञ्चालन गर्दै छौ। लगानी न्युज डट कम विशुद्ध लगानीकर्ताकालागि तयार पारिएको समाचार पोर्टल हो। लगानी न्युज डट कम नाफा मुखी समाचार पोर्टल होइन। सत्य तथ्य समाचार र विश्लेषण पस्कनका निमित्त हामीले लगानी न्युज खोलेका हौ। 
लगानीन्युजमा हामीले कहिले पनि कोही प्रति झुकाव राखेर समाचार लेख्ने छैनौ न श्रोतको विशेष स्वार्थमा समाचार लेख्ने नै छौ। विज्ञापनदातालाई हामी सधैँ सम्मान गर्छौ तर विज्ञापनदाताको भित्री चाहनामा हामीहरूले कहिले पनि समाचार पस्कने छैनौ।  विज्ञापन दाता र समाचार दुई फरक कुरा हुन् , यो मान्यताका साथ हामी अघि बढ्दै छौ।
शेयर शिक्षा अभियानमा पनि लगानी न्युज निरन्तर लाग्ने नै छ । राजधानी र राजधानी बाहिरपनि शेयर बजार विस्तार गर्ने क्रममा लगानीन्युज दिन रात खटिने नै छ ।
करिब १ महिनाको परीक्षण प्रसारणमा हामीले निकै राम्रो प्रतिक्रिया पाएका छौ। यो १ महिनाको अवधिमा हामीले धेरैको मन जित्न सफल भएका पनि छौ।  यो माया सद्भाव हामी निरन्तर चाहन्छौ। 
सन्तोष राज बजगाई
सम्पादक तथा संचालक 
लगानी न्युज डट कम 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi