Skip to content
Prabhu

सम्पादकको सपना भाग १ : दुई सहकारीको मर्ज र मर्ज ट्रयाप

सरस्वती सहकारी र मकालु सहकारीको (काल्पनिक नाम ) मर्जको कुरा धेरै पटक नआएको होइन। यी दुई सहकारीको मर्जको हल्लामा धेरै लगानीकर्ताहरू फस्दै आएको अवस्था छ। सरस्वती सहकारी काठमान्डौका जनताले मात्र लगानी गरेको सहकारी हो भने मकालु सहकारी छिमेकी ललितपुरको एउटा सहकारीको पनि लगानी छ।  
दोश्रो बजारमा दुई सहकारी सुचिकृत छन् । दोश्रो बजारमा सरस्वती सहकारीको मूल्य थोरै छ भने मकालु सहकारीको मूल्य धेरै छ। केही समूह जहिले पनि यी दुई सहकारीको मर्जमा चलखेल गर्दै आएका छन् ।
यसरी पो हुदो रहेछ चलखेल ?
सुरुमा सरस्वती सहकारीको शेयर उठाएपछि बजारमा दुई सहकारीको मर्ज हुने हल्ला गरिन्छ। सस्तो  भएकाले सरस्वती सहकारीको बजारमा दाम वृद्धि हुन थाल्छ। धेरै लगानीकर्ताले सरस्वती सहकारीको शेयर किन्न खोज्छन् त्यही बेलामा पहिले नै उठाएको समुहले  शेयर बिक्री गर्न थाल्छन्।  
यता मर्जको हल्लाले मकालु सहकारीको शेयरको दाम घट्न थाल्छ यही मौकामा त्यही समूहले मकालु सहकारीको शेयर किन्छ अनि जब मर्ज नहुने हल्ला बाहिर आउँछ त्यसपछि मकालु सहकारीको दाम वृद्धि हुन थाल्छ। अनि त्यही मौकामा  मकालु सहकारीको शेयर फालिन्छ। 
यसरी यो प्रक्रिया धेरै पटक चल्छ र धेरै लगानीकर्ताहरू यसमा फस्दै आएका छन्।  मर्ज ट्रयापमा फस्ने फेरी जहिले साना लगानीकर्ता नै हुन्छन्। नियामक निकायले यो मर्जको विषयमा केही गर्न  सकेको छैन। फेरी अहिले मर्जको हल्ला सेलाएको छ। अब कहिले आउने हो मर्जको कुरा ?

सम्पादकको सपना शेयर बजारमा हुन सक्ने गलत अभ्यास रोक्ने  सपना  हो।  यो पुरै काल्पनिक हो।  यस कथाका पात्रहरु पनि सबै काल्पनिक हुन्।    
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal