लाभास प्रस्ताव गर्ने कम्पनी मध्य केहीको बुक क्लोज भैसकेको अवस्था छ भने २८ कम्पनीको बुक क्लोज मिति अझै आउँन बाँकी छ। स्वरोजगार लघुवित्तको बुक क्लोज मिति तय भएको छ। साधारण सभा प्रयोजनाका लागि स्वरोजगार लघुवित्तको असोज ५ गते देखि असोज २० गते सम्म बुक क्लोज हुने भएको छ। असोज ४ गते सम्म कायम शेयरधनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभास पाउने छन्।
त्यस्तै रिडी हाईड्रोपावरले पनि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ। असोज ६ गते सम्म कायम शेयरधनीले प्रस्तावित लाभास प्राप्त गर्ने छन्।
लाभास प्रस्ताव गर्ने मध्य LICN ( लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ) भने बल्ल अहिले आर्थिक वर्ष ७३/७४ को लाभास प्रस्ताव गरेको छ।











प्रतिक्रिया दिनुहोस्