Skip to content

बजार “इन्ट्राडे लो ” नजिकै बन्द, कारोवार रकम ५३ करोड माथि, अब के ?

nabil bank

लगानीन्युज/काठमान्डौ: आज साताको दोश्रो दिन नेप्से परिसूचक १८ दशमलव ०४ अंकले घटेको छ। आज दोश्रो बजारको परिसुचक १ दशमलव ४४ प्रतिशतले घटेको छ।  
आज बजार खुले बाट नै  निरन्तर जस्तो घटेको थियो।  आज बजार दिन भरमा १२३७ दशमलव ९७ को न्यून विन्दु सम्म पुगेकोमा बजार बन्द हुँदा त्यो विन्दु भन्दा अलिक माथि १२३८ दशमलव ६७ को विन्दुमा बन्द भएको थियो।  
१२५६ दशमलव ७१ को विन्दुमा खुलेको बजार १२५८ दशमलव २६ को उच्च विन्दुसम्म मात्र पुगेको थियो।  
बजार “इन्ट्राडे लो ” मा बन्द हुनु र कारोवार रकम राम्रै हुनुले बजारमा बिक्री चाप राम्रै देखिएको छ।  यस्तो प्रवित्ति त्यति सकारात्मक मानिदैन। 
अहिलेको बिक्री चाप केही सन्तुलित भएमा मात्र बजार वृद्धि हुने देखिन्छ।  
आज उत्पादन मुलक कम्पनीहरुको उपसुचक मात्र वृद्धि भएको छ। आज सबै भन्दा धेरै नेपाल बैंकको शेयर किन बेच भएको छ।  नेपाल बैंकको ७ करोड ८८ लाख बराबरको शेयर किन बेच भयो।  
आज नाडेप लघुवित्तको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले वृद्धि भयो भने भार्गव विकास बैंकको शेयर मूल्य सर्वाधिक ९ दशमलव ०४ प्रतिशतले घट्यो।  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life