Skip to content

सानिमामाई हाईड्रोपावरले गर्यो लाभांस प्रस्ताव, कस्तो छ कम्पनी ?



लगानीन्युज/काठमाडौँ : सानिमामाई हाईड्रोपावरले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभासं प्रस्ताव गरेको छ। प्रस्तावित लाभांस कम्पनीको कार्तिक ८ गते बस्ने साधारणसभाले अनुमोदन गरे पश्चात लगानीकर्ताले पाउने छन्।  

साधारण सभा प्रयोजनाका लागि कम्पनीले असोज २५ गते देखि बुक क्लोज गर्दै छ। असोज २४ गते सम्म कायम शेयरधनीले प्रस्तावित लाभांस पाउने छन्। 
आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण:
२ अर्ब ११ करोड चुक्ता पुँजी भएको कम्पनीले ३० करोड ७३ लाख रुपैयाँ कमाएको छ। कम्पनीले आर्थिक वर्ष ७३/७४ मा २८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 
कम्पनीको जगेडा कोष २९ करोड २६ लाख बाट वृद्धि भएर ५९ करोड ७३ लाख पुगेको छ। 
प्रमुख आम्दानीको श्रोतमा रहेको विधुत बिक्री आय सामान्य घटेर ७८ करोड ९६ लाख पुगेको छ। 
आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमाससम्म कम्पनीको प्रति शेयर आम्दानी १४ दशमलव ५७ रुपैयाँ छ।
हेरौ आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमास :
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life