Skip to content

लक्ष्मी लघुवित्तको खुद नाफामा सामान्य सुधार ; हेरौ कम्पनी विस्लेषण


लगानीन्युज/काठमान्डौ : लक्ष्मी लघुवित्तले आफ्नो प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको छ।  गत आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले २ करोड २५ लाख कमाएको थियो।  खुद नाफा ३ प्रतिशतले वृद्धि हुन सफल भयो। प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानी १२ प्रतिशतले वृद्धि हुदै  ६ करोड ५९ लाख पुगेको छ। 

कम्पनीले आफ्नो व्यापार व्यवसाय फैलाउदै लागेको प्रस्ट हुन्छ।  कम्पनीले सापाटी रकम २८ प्रतिशतले वृद्धि हुदै १ अर्ब ६८ करोड पुगेको छ भने निक्षेप संकलन ४० प्रतिशतले वृद्धि हुदै १ अर्ब  १ करोड पुगेको छ।  कर्जा प्रवाह भने २६ प्रतिशतले वृद्धि हुदै २ अर्ब ९३ करोड पुगेको छ।

कम्पनीको प्रति शेयर आम्दानी वार्शिकरण गर्दा ३८ रुपैया २२ पैसा छ।  कम्पनीको बजार मूल्य बिहिबार ८५२ रुपैयाँ रहेको मा कम्पनीको मूल्य आम्दानी अनुपात २२ गुणा आउँछ। 
पुँजी भन्दा अलिकता थोरै जगेडा कोष भएकाले कम्पनीको प्रति शेयर नेटवर्थ रु १९२ छ।  कम्पनीले जगेडा कोषमा  संचित रकमलाई ६८ प्रतिशतले वृद्धि गर्दै  २२ करोड ४८ लाख पुर्याएको छ। 
 कम्पनीको कोषको लागत भने वृद्धि भएको छ।  अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा ९ दशमलव ५१ रहेको कोषको लागत अहिलेको प्रथम त्रैमासमा ९ दशमलव ९४ प्रतिशत पुगेको छ।  

( रकम हजारमा )

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life