Skip to content

नेप्से परिसूचक १२०० मुनि ; ३३ करोडको शेयर कारोवार


लगानीन्युज/काठमान्डौ : आज साताको पहिलो दिन नेप्से परिसुचक १० दशमलव १४ अंकले घटेर ११९४ दशमलव ८७ को विन्दुमा पुगेको छ।  परिसुचक आज ०  दशमलव ८४ प्रतिशतले घटेको छ।  आज दिन भरमा ३३ करोड ३७ लाख बराबरको शेयर किनबेच भएको छ। 
आज बजार १२०५  दशमलव ५८  को विन्दुमा खुलेकोमा बजार सो विन्दु भन्दा माथि जान सकेन ।  बजारको आजको न्यून विन्दु ११९३ दशमलव ७६ रहेकोमा बजार त्यो भन्दा अलिकता माथि ११९४ दशमलव ८७ को विन्दुमा बन्द भएको छ।  यसको मतलव बजारमा आज बिक्री कर्तानै हावी देखिए।  
आज सबै भन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भयो। बैंकको १४ करोड ५ लाख बराबरको शेयर किनबेच भयो।  
आज पन्चकन्या माई हाईड्रोको शेयर मूल्य सबै भन्दा धेरै २  दशमलव ४४ प्रतिशतले वृद्धि भयो भने समता माईक्रोफाईनान्सको शेयर मुल्य सर्वाधिक ८  दशमलव ४९ प्रतिशतले घटेको छ। 
 
आज ट्रेडिङ्ग उपसुचक बाहेक सबै उपसुचकमा गिरावट देखिएको छ। सबै भन्दा धेरै हाईड्रो पावरको उपसुचकमा  गिरावट देखियो। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life