लगानीन्युज/काठमाडौँ : एनएमबी माइक्रोफाईनान्सको ७७ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि ० दशमलव ७८ प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको लागि पेश गरिने छ। कम्पनीले १४ करोड ८ लाख पुँजीमा सो लाभास प्रस्ताव गरको हो। कम्पनीको हाल दोश्रो बजारमा मुल्य प्रति कित्ता १२६२ रुपैयाँमा छ।
प्रतिक्रिया दिनुहोस्