Skip to content

पहिलो त्रैमास अनुसार एभेरेस्ट र स्ट्यान्डर्ड चार्टर्डलाई दाँजेर हेर्दा (तुलनात्मक अध्ययन )

 स्ट्यान्डर्ड चार्टर्ड बैंक र एभरेस्ट बैंक दुवै  विदेशी लगानी भएका बैंक हुन । दुवै बैंकले आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव गरेको अवस्था छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले १७ दशमलव ५० रुपैया नगद लाभांस प्रस्ताव गरेको छ भने एभरेस्ट बैंकले २० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांस नेपाल रास्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गर्न बाँकी छ।

 लगानीन्युज टीमले आर्थिक वर्ष ७५/७६ को प्रथम त्रैमासको वित्तिय विवरण अनुसार एभेरेस्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक विच गरेको तुलानात्मक अध्ययन :


(रकम हजारमा) 


* २०७५ साल मंसिरको ४ गते मंगलबारको बजार मूल्य अनुसार 
* NFRS अनुसार 

चुक्ता पुँजीको आधारमा 
चुक्ता पुँजी एभेरेस्ट बैंकको धेरै छ। एभेरेस्ट बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड छ।  
जगेडा कोषमा एभेरेस्ट बलियो 
एभेरेस्ट बैंकको जगेडा कोषमा ८ अर्ब ६३  करोड रुपैया संचित छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको जगेडा कोषमा ६अर्ब ७८ करोड रुपैया संचित छ।  
निक्षेप र कर्जामा एभेरेस्ट बैंक अघि 
एभेरेस्ट बैंकले १ खर्ब २० अर्ब निक्षेप संकलन गरी १ खर्ब  ३  अर्ब कर्जा प्रवाह गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले  ६५  अर्ब ४७  करोड निक्षेप संकलन  गरी ४८  अर्ब ३६ करोड कर्जा प्रवाह गरेको छ। 
आम्दानीमा  चार्टर्ड राम्रो  :
आर्थिक वर्ष ७५/७६ को प्रथम त्रैमास सम्म एभेरेस्ट बैंकले ६३ करोड ३३ लाख खुद नाफा गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६३  करोड ४१ लाख खुद नाफा गरेको छ।  
कुन सस्तो कुन महङ्गो ?
मंगलबारको बजार मूल्य र प्रति शेयर आम्दानीलाई हेर्दा एभेरेस्ट बैंकको मूल्य आम्दानी अनुपात १७ दशमलव ७६ गुणा छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको मूल्य आम्दानी अनुपात १९ दशमलव १४ गुणा छ। यो मानेमा एभेरेस्ट बैंक सस्तो छ।  


सुनिल बरालबाट तयार गरिएको। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life