लगानीन्युज/काठमान्डौ: आज साताको तेस्रो दिन नेप्से परिसुचक १ दशमलव ६१ अंकले बढेर ११६१ दशमलव ४३ को विन्दुमा पुगेको छ। परिसुचक आज ० दशमलव १४ प्रतिशतले बढेको छ। आज दिन भरमा २३ करोड १६ लाख बराबरको शेयर किनबेच भएको छ। कारोवार रकम भने घटेको छ।
आज बजार ११६० दशमलव २८ को विन्दुमा खुलेको बजार ११६७ दशमलव १७ अंक को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११५९ दशमलव ७५ रहेकोमा बजार त्यो भन्दा माथि ११६१ दशमलव ४३ को विन्दुमा बन्द भएको छ।









प्रतिक्रिया दिनुहोस्