Skip to content

मूल्य समायोजन पछिको कारोवारमा गलत सूचना

nabil bank

लगानीन्युज / काठमान्डौ : नेपाल स्टक एकसेञ्जले मूल्य समायोजन पश्चात समायोजित मूल्यबाट कारोवार सुरु गराउने प्रचलन चलाउदै आएकोमा अन्लाईन कारोवार प्रणाली आए पश्चात भने समायोजित मूल्यबाट थपघट नगराएर सिधै समायोजन हुनु अघिको मूल्य बाट आज मूल्य थपघट गराईएको छ।
आज निर्धन उत्थान लघुवित्तको समायोजित शेयर मूल्य प्रति कित्ता ७९१ थियो। आज बजार मूल्य ७९१ बाट थपघट हुनु पर्नेमा नेपाल स्टकको वेसाईटमा समायोजन हुनु अघिको मूल्य प्रति कित्ता ९५० बाट आज थपघट भएको छ।  यो समाचार तयार पार्दा सम्म निर्धन उत्थान लघुवित्तको शेयर १६६ रुपैया घटेर ७८४ रुपैया देखाईएको छ। खास आज निर्धन उत्थान लघुवित्तको शेयर मूल्य प्रति कित्ता ७  रुपैया घट्नु पर्नेमा १६६  रुपैया घटेको देखिएको छ। 

कारोवार नै नभएको मूल्य मार्केट डेप्थमा “हाई” मा देखिन्छ ?
यो समाचार तयार पार्दा निर्धन उत्थान लघुवित्तको मार्केट डेप्थ हेर्दा  आजको उच्च मूल्य ९५० देखिन्थ्यो तर फ्लोर सिट हेर्दा ९५० मा कुनै कारोवार भएको देखिएको छैन।  कारोवार नै नभएको कित्ता कसरी “हाई ” मा देखियो ?
मूल्य समायोजन देखियो पुँजी थपिएको देखिएन :
नेप्सेको आधिकारिक वेवसाईटमा बोनस र हकप्रद शेयर समायोजन भए पश्चात नेप्सेले सोही दिननै उक्त कम्पनीको पुँजी वृद्धि गरिहाल्थ्यो। अन्लाईन कारोवार प्रणाली आए पछि चाही नेप्सेको सिस्टममा मूल्य समायोजन हुने तर नेप्सेको आधिकारिक वेवसाईटमा सम्बन्धित कम्पनीको पुँजी वृद्धि गरिएको पाईएको छैन।  
आज निर्धन उत्थान लघुवित्तले १ अर्ब पुँजीमा २० प्रतिशत बोनस शेयरको लागि मूल्य समायोजन भएको थियो तर नेपाल स्टकको आधिकारिक वेवसाईट हेर्दा निर्धन उत्थान लघुवित्तको पुँजी समायोज हुनु अघिको नै पुँजी देखिएको छ।  वास्तवमा आज निर्धन उत्थानको पुँजी १ अर्ब २० करोड देखिनु पर्ने थियो। 
आईएमई जनरल इन्स्योरेन्स र नाडेप लघुवित्तको पनि उस्तै :
हिजो आईएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद शेयरको लागि मुल्य समायोजन भएको थियो।  ८० प्रतिशत हकप्रद अघि कम्पनीको चुक्ता पुँजी ५४ करोड थियो तर समायोजन भैसकेपछि पनि कम्पनीको पुँजी नेप्सेको आधिकारिक वेवसाईटमा भने ५४ करोड नै देखिन्छ।  वास्तवमा अहिले नेप्सेको आधिकारिक वेवसाईटमा सो कम्पनीको पुँजी ९७ करोड २० लाख देखिनु पर्ने हो। 
त्यस्तै हिजै नाडेप लघुवित्तको १०० प्रतिशत हकप्रद शेयर नेप्सेले समायोजन गर्यो।  नाडेपले  १६ करोड पुँजीमा सो हकप्रद शेयर दिएको थियो।  कम्पनीको पुँजी नेप्सेको आधिकारिक वेसाईटमा ३२ करोड देखिनु पर्नेमा उही पुरानो १६ करोड नै देखिएको छ। 
यसरी दोश्रो बजार जस्तो संबेदनशील ठाउमा  नेप्सेले दिने सुचनामा नेप्से निकै सजक हुनु पर्ने हुन्छ।  कम्पनीको शेयर मूल्य समायोजन हुनु अघिको दिनबाट थपघट देखिदा नेप्से परिसूचक गणनामै समस्या हो की भने बहस पनि सुरु हुन थालि सकेको छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi