Skip to content

मुक्तिनाथ बैंकको मार्केट डेप्थमा समस्या नै समस्या ; लगानीकर्ता झुक्किए

nabil bank
 

लगानीन्युज/काठमान्डौ: आज मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन भएको छ।  १८ दशमलव २५ प्रतिशत बोनस शेयर प्रयोजनाका निमित्त नेपाल स्टक एक्सेञ्जले शेयर मूल्य समायोजन गरेको छ। 
समायोजित मूल्य ३४५  रुपैया ३  पैसा रहेको छ। 
तर आज मुक्तिनाथ विकास बैंकको शेयर मूल्य  १४ दशमलव २० प्रतिशत वृद्धि भएको देखिएको छ।  
यसरी नेप्सेले बारम्बार यस्ता प्राविधिक त्रुटी गर्दा लगानीकर्ताहरुले सही सुचना पाएको अवस्था छैन। 
समायोजित मूल्य भन्दा कसरी भयो १४ प्रतिशतमा कारोवार ?
कम्पनीको फ्लोर सिट हेर्दा समायोजित मूल्य भन्दा १४ प्रतिशत धेरैमा कारोवार भएको देखिन्छ।

अनलाईन कारोवार प्रणाली पश्चात लगानीकर्ताले सही सुचना पाउने हक बाट बन्चित भएका छन्।  लगानीकर्ताले मार्केट डेप्थ जस्तो संबेदनशील कुरामा गलत सुचना पाउदा लगानीकर्ताहरु झुक्किएका छन्।
अन्लाईन कारोवार प्रणाली पछि कारोवार झन् पारदर्शी हुनु पर्नेमा झन् झन् यस्ता त्रुटीले अन्लाईन कारोवार प्रतिको विश्वास नै कम हुँदै जाने छ।  यस्ता प्राविधिक त्रुटीलाई ध्यान दिदै नेप्से अघि बढ्नु पर्ने देखिन्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime