Skip to content

नेप्से बाट सही सुचना नपाउँदा लगानीकर्ता हैरान

nabil bank
लगानीन्युज/काठमान्डौ: तिहारअघि पुरै तामझामका साथ उत्घाटन भएको पूर्ण स्वचालित अनलाईन कारोवार प्रणालीमा दिन प्रतिदिन नयाँ नयाँ समस्या देखिनु कुनै नौलो रहेन। 
यसरी हाई मूल्यको गलत तथ्यांक उपलब्ध हुदा प्राविधिक विस्लेषण गर्न समस्या आउने गरेको एक प्राविधिक विस्लेषकले लगानीन्युज संग कुरा गर्दै भने। 
एउटा गलत तथ्यांकको नमुना :
नेप्सेले देखाउने दिन भरको उच्च मुल्य अर्थात “हाई”मा निकै गलत सुचना प्रवाह गर्दै आएको छ । कारोवार हुदै नभएको मुल्यलाई नेप्सेले आज दिन भरको उच्च मूल्य “हाई” भनेर देखाएको छ। 

ल हेर्नुस त्रुटी :
डिसेम्बर ५ को एभरेस्ट इन्स्योरेन्सको शेयर कारोवार हेर्दा कम्पनीको जम्मा ५ कारोवार मध्ये सबै भन्दा उच्च  मुल्यमा भएको कारोवार प्रतिकित्ता  ७५० मा भएको छ। कम्पनीको उच्च मूल्य “हाई ” ७५० हुनु पर्ने ठाउमा यस दिनको उच्च मूल्य ७६० देखाईएको छ। 
यसरी हाई मूल्यको गलत तथ्यांक उपलब्ध हुदा प्राविधिक विस्लेषण गर्न समस्या आउने गरेको एक प्राविधिक विस्लेषकले लगानीन्युज संग कुरा गर्दै भने।
अन्लाईन कारोवार पछि सुचनाको हक आम लगानीकर्ताले धेरै महसुस गर्नु पर्ने ठाउँमा लगानीकर्ताले यसरी गलत सूचना पाउनु दुर्भाग्य रहेको जानकार बताउछन्। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life