Skip to content

व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा सहमति हट्यो; शेयर बजारमा कस्तो पर्ला प्रभाव ?

nabil bank

लगानीन्युज/काठमाडौँ: नेपाल बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा भद्र सहमति हटाउने निर्णय गरेको संगै  जनता बैंकले मुद्दती निक्षेपमा  १२ प्रतिशत दिने स्किम ल्याउँदा माछापुछ्रे बैंकले १२ दशमलव ५ प्रतिशत ब्याजको स्किम ल्याएको छ ।

बैंकले जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजदर पाउने जनाएको छ भने माछापुछ्रे बैंकले भने आज विभिन्न पत्र पत्रिकामा सूचना निकाल्दै मुद्दती खातामा १२ दशमलव ५ प्रतिशत दिने घोषणा गरेको हो ।

शेयर बजारलाई कस्तो असर पुग्ला ?
यहाँ मात्र होइन संसार भरिकै दोस्रो बजारलाई बैङ्कको ब्याज दरले असर पुर्‍याएको पाईन्छ । शेयर बजार र ब्याज दरको यति ठुलो सम्बन्ध छ की अमेरिकी पुँजी बजारमा एउटा उखान नै छ “Don’t Fight with Fed”,
अर्थात् एउटा लगानीकर्ताले कहिले पनि ब्याज दरसँग लडाई गर्नु हुँदैन ।

शेयर बजार र ब्याज दरको जहिलेपनि नक्कारात्मक सम्बन्ध हुन्छ । उच्च ब्याज दरलाई कहिले पनि शेयर बजारले मन पराउँदैन , यो धुर्व सत्य कुरा हो ।

कसरी उच्च ब्याज दरले शेयर बजारलाई नकारात्मक दिशा तर्फ लैजान्छ ?

बैङ्कमा निक्षेप कर्ताले ब्याज धेरै पाउने अवस्था सिर्जना हुँदा लगानीकर्ताहरू बैङ्कमा पैसा राख्न रुचाउछन किनकि बैङ्कको निक्षेपमा राम्रो प्रतिफल पाउँदा पाउँदै उनीहरू दोस्रो बजारमा लगानी गर्न त्यति रुचाउदैनन् किनकि दोस्रो बजार भनेको अलिकता जोखिम रहेको क्षेत्र हो ।
त्यस्तै ब्याज वृद्धि हुनु भनेको निक्षेपको मात्र होइन कर्जाको ब्याजपनि वृद्धि हुनु हो । ठुला तथा संस्थागत लगानीकर्ताहरुको पोर्टफोलियोमा कर्जाको हिस्सा नि राम्रै हुन्छ । कर्जाको ब्याजमा वृद्धि आउँदा उनीहरूको अब लागत वृद्धि भएर उनीहरू सकेसम्म आफू सँग भएको कर्जालाई चुक्ता गर्न तर्फ लाग्छन त्यस्तै उच्च ब्याज दर भएको बेला ठुला तथा संस्थागत लगानीकर्ताहरुपनि कर्जा लगेर दोस्रो बजारमा प्रवेश गर्न केही बेर रोकिन्छन ।

यसो भन्दैमा बढ्दै गरेको ब्याज दरमा लगानी गर्दै नगर्ने भन्ने होइन । कारोबारीको लागि त सधैँ अवसर हुन्छ तर दीर्घकालीन लगानी गर्ने सोच भएका लगानीकर्ताले चाहिँ राम्रो प्रति शेयर आम्दानी भएका थोरै मूल्य आम्दानी भएका, प्रति शेयर किताबी मूल्य बलियो भएका कम्पनी हेर्दै जानु पर्छ ।

व्याज वृद्धि भएर लगानीकर्तालाई धेरै चिन्तित बनाएको देखिन्छ।  लगानीयोग्य तरलताको अभावलाई सम्बन्धित  निकायले यथासिघ्र समाधान गर्न जरुरी छ।  यसरी नै व्याज वृद्धि हुँदै जादा यसले पक्कै पनि लगानीकर्तालाई बजार प्रति त्यति सकारात्मक बनाउदैंन।   
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi