लगानीन्युज/काठमान्डौ:आज साताको दोश्रो दिन नेप्से परिसूचक १५ दशमलव १७ अंकले वृद्धि भएर ११८२ दशमलव ७८ अंकमा बन्द भएको छ। आज दोश्रो बजारको परिसूचक १ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ।
आजको बजारको उच्च विन्दु ११८२ दशमलव ८१ रहेकोमा बजार त्यो भन्दा अलिक मुनि ११८२ दशमलव ७८ को विन्दुमा बन्द भएको छ। आज ४२ करोड ३ लाख बराबरको शेयर किनबेच भएको थियो।
आज सबै भन्दा धेरै मिर्मिरे लाघुवित्तको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९२ प्रतिशतले वृद्धि भयो भने कालिका हाईड्रोपावरको शेयर मूल्य सर्वाधिक ३ दशमलव ७३ प्रतिशतले घट्यो। आज छिमेक लघुवित्तको सर्वाधिक ४ करोड ८३ लाखको शेयर कारोवार भयो।
लगानीकर्ताहरु आफ्नो मागमा दिन रात आन्दोलन गर्दा र राज्यपनि पुँजी बजार प्रति दिन प्रतिदिन नरम हुँदा पुँजी बजारमा लगानीकर्ताको मनोबल वृद्धि हुँदै आएको छ।
धेरै कम्पनीले साधारण सभाको मिति तय गरेको र धेरै कम्पनीको बुक क्लोज मिति नजिकिदै जाँदा पुँजी बजारमा लगानीकर्ताहरु दिन दिनै उत्साहित हुँदै आएका छन्।
सुरुमा कारोवारमा केही अन्योल आए पनि अन्तिम समय तिर बजार र कारोवार रकम दुवैमा राम्रो वृद्धि देखिएको थियो।
प्रतिक्रिया दिनुहोस्