Skip to content
Prabhu

लगानीकर्ता पर्ख र हेर को अवस्थामा हुदा , दोश्रो बजारमा सामान्य गिरावट

nabil



लगानीन्युज/काठमान्डौ: आज नेप्से परिसुचक ५ दशमलव ७१ अंकले घटेर ११८६  दशमलव ०३  को विन्दुमा पुगेको छ। परिसुचक आज ०  दशमलव ४८  प्रतिशतले घटेको छ। आज दिन भरमा ४२  करोड १३ लाख बराबरको शेयर किनबेच भएको छ।

आज बजार ११९१ दशमलव ७४ को विन्दुमा खुलेको मा ११९२ दशमलव ८४ को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११८२ दशमलव ४३ रहेकोमा बजार त्यो भन्दा माथि ११८६ दशमलव ०३ को विन्दु मा बन्द भयको छ

। आज सबै भन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंक को ६ करोड २४ लाख बराबरको शेयर किनबेच भयो ।नेपाल इन्भेष्टमेन्ट बैंक ले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ४० प्रतिशत लाभांश पुस ११ गते भोलि बुकक्लोज गर्ने भएकाले आज सम्म कायम शेयरधनीले मात्र पाउने भएकोले कारोबार मा चाप देखिएको हो।

मल्टीपर्पस फाइनान्स को शेयर मूल्य सबै भन्दा धेरै ९ दशमलव ८५ प्रतिशतले वृद्धि भयो। एनएमबि बैंक को प्रमोटर शेयर को सर्वाधिक ९ दशमलव ३३ प्रतिशतले घटेको छ।
त्यसैगरि आज नागबेली लघुवित्त को लाभांश घटेर संसाेधन भएको असर ले गर्दा नागबेली लघुवित्त को शेयर  ५ दशमलव ५२ प्रतिशतले घटेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal