Skip to content

१२३२ पुगेको बजार किन फर्कियो?

nabil bank



लगानीन्युज/काठमान्डौ: आज नेप्से परिसुचक १ दशमलव ०८ अंकले घटेर १२१५ दशमलव १६ को विन्दुमा पुगेको छ। परिसुचक आज ० दशमलव ०९ प्रतिशतले घटेको छ। आज दिन भरमा १ अर्ब १२ करोड ९९ लाख बराबरको शेयर किनबेच भएको छ।

आज बजार १२१६ दशमलव २७ को विन्दुमा खुलेकोमा १२३२ दशमलव ७४ को  उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु १२११ दशमलव ७२ रहेकोमा बजार त्यो भन्दा माथि १२१५ दशमलव १६ को विन्दुमा बन्द भएको छ।

आज सबै भन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर किनबेच भयो। नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १४ करोड ८६ लाख बराबरको शेयर किनबेच भयो । नागरिक लगानी कोषको शेयर मूल्य सबै भन्दा धेरै ९ दशमलव ०३ प्रतिशतले वृद्धि भयो भने सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको  मुल्य सर्वाधिक ६ दशमलव ६६ प्रतिशतले घटेको छ।

नेपाल रास्ट्र बैंकले पुँजी बजारलाई सकारात्मक सम्बोधन गरे संगै लगानीकर्ताहरु निकै खुशी भएको अवस्था थियो। त्यसैले हिजो नेप्से परिसुचक ३० दशमलव २६ अंकले वृद्धि भएको थियो। आज बजार सुरु हुँदा पनि त्यही माहोल कायम रह्यो। आज बजार १२३२ सम्म पुगेको थियो।  बजार धेरै समय त्यही विन्दुको वरिपरि नै टिक्यो । त्यसपछि भने बजारमा खरिदकर्ता कम हुँदै गएका थिए।

 धेरै लगानीकर्ताले आज यसलाई मार्केट करेक्सनको रुपमा लगेका छन्। आज बजारलाई १२३२को विन्दु भन्दा  माथि जान निकै गारो भएको थियो। बजार निकै लामो समय त्यो विन्दुकै आसपासमा बसेको थियो। एक जना   प्राविधिक विश्लेषकका आनुसार अब बजारले माथिल्लो गति समात्नु अघि १२३२ को विन्दुको  एउटा अवरोध  भएको र यसलाई तोड्नु पहिलो प्राथमिकता हुने जानकारी दिनु भयो।

“राज्य पुँजी बजार प्रति सकारात्मक भैसकेको छ, यसले लगानीकर्ताको मनोबल वृद्धि भएको छ, अब बाँकी भएको एउटा मात्र कुरा भनेको लगानीकर्ता संग बढ्दो बजारमा लगानी गर्नका लागि चाहिने तरलता छ कि छैन, यसको उत्तरले नै अबको बजार निर्धारण गर्ने छ ? ” लगानीन्युज संग कुरा गर्दै एक जना लगानीकर्ताले भने।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life