Skip to content

बजार “इण्ट्राडे लो “मा बन्द, चिलिमे जलविद्युत कम्पनी को शेयर सबै भन्दा धेरै किनबेच



लगानीन्युज/काठमान्डौ:  आज साताको चौथो दिन नेप्से परिसुचक ५ दशमलव ४२ अंकले घटेर ११८० दशमलव ४३ को विन्दुमा पुगेको छ। परिसुचक आज ० दशमलव ४६ प्रतिशतले घटेको छ। आज दिन भरमा २५ करोड ७६ लाख बराबरको शेयर किनबेच भएको छ। । आज बजार १२८५ दशमलव ९१ को अंकमा कारोबार सुचारु भएको मा बजार उच्च बिन्दु ११८६ दशमलव ९० अंक सम्म पुगेको थियो। आज बजार ११८० दशमलव ४३ को तल्लो बिन्दु सम्म पुगेको मा बजार त्यही विन्दु अर्थात ११८० दशमलव ४३ को विन्दुमा बन्द भएको छ। बजार इण्ट्राडे लो मा बन्द हुनु भनेको अन्तिम समयमा बजारमा बिक्रि कर्ता हावी भएको प्रस्ट हुन्छ।

आज सबै भन्दा धेरै चिलिमे जलविद्युत कम्पनी को शेयर किनबेच भयो।जलविद्युत कम्पनी को २ करोड २८ लाख बराबरको शेयर किनबेच भएको छ । कम्पनीको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। भोलि १९ गते गते देखि बुक क्लोज गर्ने भएकाले आज सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने भएकोले चाप देखिएको हो ।

कालिका लघुवित्त वित्तीय संस्था को मूल्य सबै भन्दा धेरै ९ दशमलव ४२ प्रतिशतले वृद्धि भयो।अरुण काबेली पावर को शेयर मुल्य सर्वाधिक ४ दशमलव ६६ प्रतिशतले घटेको छ। हिजो मंगलबार सम्म कायम शेयरधनीले मात्रै साधारण सभा भाग लिन पाउने छन् , अरुण काबेली पावर ले लाभांश बिना नै साधारण सभा आह्वान गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life