Skip to content

बजार “इण्ट्राडे हाई “मा बन्द, किन तामाकोशीमा “चार्म” कायमै ?

nabil bank



लगानीन्युज/काठमान्डौ: आज साताको तेश्रो कारोवार दिन नेप्से परिसूचक १७ दशमलव ५१ अंकले बढेर ११९५ दशमलव ५४ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक १ दशमलव ४५ प्रतिशतले बढेको छ। आज दिन भरमा ३९ करोड ७३ लाख बराबरको शेयर किन बेच भएको छ।  पुष मसान्त सकिएको र पुष मसान्त पछि  करको भार कम हुदा त्यसको सकारात्मक असर शेयर बजारमा पनि परेको छ।

लगानीकर्ताहरु आज पनि तामाकोशीको शेयरमा आकर्षित भएको पाईयो।  अन्य धेरै हाईड्रोले बजारमा कुनै पनि चमक ल्याउन नसकेको अवस्थामा तामाकोशीको शेयर मूल्य भने आज लगानीकर्ताको पहिलो रोजाईमा पर्न सफल भएको छ। ” हिजो नेप्सेको प्रणाली बिग्रदा पनि ३३६ मा निकै राम्रो खरिद कर्ता थिए, त्यसैले यो लेभलमा लगानीकर्ताहरु निकै आकर्षित भए। ” एक  लगानीकर्ताले भने।  त्यस्तै अर्का लगानीकर्ताले कुनै समय HIDCLमा भएको  जस्तै “पम्प एण्ड डम्प ” हुने सम्भावना पनि हुन्छ , त्यसैले लगानीकर्ताहरुले भविष्यमा सोच विचार गरेर लगानी गर्न आग्रह गरे।


आजको बजारका महत्तोपुर्ण विन्दु:

खुला :  ११७८   दशमलव ०३   
उच्च  :  ११९५   दशमलव ५४  
न्यून  :  ११७८   दशमलव ०३    
बन्द  :  ११९५   दशमलव  ५४  

आज सर्वाधिक कारोवार भएका १० कम्पनी:



आज सर्वाधिक कमाएका १० कम्पनी



आज सर्वाधिक गुमाएका  १० कम्पनी:




Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life