Skip to content

ट्रंक र डेडिकेटेड लाइनको बक्यौता रहेका उद्योगीलाई किस्तामा पैसा तिर्न ३० दिनको समय

nabil bank

काठमाडौं । ट्रंक र डेडिकेटेड लाइनको बक्यौता रहेका उद्योगीलाई किस्तामा पैसा तिर्न विद्युत् प्राधिकरणले ३० दिनको समय दिएको छ । 

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै बक्यौता रहेका उद्योगीलाई ६० किस्तामा पैसा तिर्नको लागि ३० दिनको समय दिएको हो । किस्तामा पैसा तिर्ने सुविधा उद्योगीले सूचना प्रकाशित भएको ३० दिनभित्र लिनुपर्ने छ । 

ट्रंक लाइन र डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसिर मसान्तसम्म कूल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi