Skip to content

टिआरसी विधेयक सदन खुल्नेबित्तिकै अघि बढाउँछौंः प्रधानमन्त्री प्रचण्ड

nabil bank

 

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् अधिवेशन आह्वान हुनेबित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । 

युगाण्डाबाट आइतबार बिहान स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शान्ति प्रक्रियाका बाँकी कामबारे सबै छलफल र तयारी गरिसकेको तथा राजनीतिक दलका नेताहरुसँग आफूले वार्ता गरिसकेको बताए।

‘टिआरसीबारे सबै छलफल र तयारी गरेका छौँ। संसदको उपसमितिबाट टुंग्याएर त्यो समितिमा गएको छ। अब फुल हाउसमा लैजाने तयारी छ,’ उनले भने, ‘सदन खुल्ने बित्तिकै टिआरसी विधेयकलाई प्राथमिकताका साथ राखिन्छ र टुंग्याइन्छ।’

उनले विधेयक सहमतिबाट टुंग्याइने पनि बताए। ‘राजनीतिक दलका नेताहरुसँग मैले लगातार वार्ता गरेको छु। मलाई विश्वास छ, अन्तिममा सहमतिबाट नै टिआरसी विधेयक टुंगिन्छ। शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले गति लिन्छ,’ उनले भने।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life