Skip to content

अरुण चौधरीले सरकारीबाट आफ्नो नाममा ल्याएको जग्गाको मूल्य डेढ अर्ब

nabil bank

काठमाडौं । नेपाल प्रहरीले सरकारी जग्गा नियम विपरित व्यक्तिको बनाउने सबैलाई अनुसन्धानको दायरामा ल्याउने जनाएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीबिआई)ले बिहीबार व्यवसायी अरुण चौधरीलाई बासबारी जुत्ता कारखानको जग्गा व्यक्तिगत बनाएको आरोपमा प्रकाउ गरेको थियो । 

सीबिआईले शुक्रबार पत्रकार सम्मेलन गरेर उद्योगको सरकारी जग्गा व्यक्तिगत बनाउनेमा संलग्न सबैमाथि छानबिन हुने उल्लेख गरेको छ । 

बिहीबार सिबिआईले अरुण चौधरीसँगै तत्कालिन अध्यक्ष अजितनारायण थापा र सञ्जयकुमार ठाकुरलाई पक्राउ गरेको थियो । 

सिबिआईले जारी विज्ञप्तीमा भनिएको छ,‘अनुसार मालपोत कार्यालय डिल्लीबजारको मिति २०३७ कात्तिक २० को गतेको निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखानाको नाममा श्रेस्ता कायम भएको काठमाडौ जिल्ला साविक नगर २२ (छ) कि.नं. ५० को १८-३-२-० जग्गा तत्कालीन श्री ५ को सरकारको निर्णय बिना संचालक समितिलाई समेत कारखानाको नाममा श्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएको अवस्था कानून बिपरित सञ्चालक समितिले आफुलाई फाईदा र तत्कालीन श्री ५ सरकारलाई हानी नोक्सानी गर्ने उदेश्यले मिति २०४३ भदौ १० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फबाट थापाले र अरुण चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवयेरको नामक कम्पनी खडा गरी सो कम्पनीको जारी पुँजी ५० लाख को २५ प्रतिशत सेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेस्ता कायम रहेको जिल्ला काठमाडौ साविक नगर २२ (छ) कि.न. ५० को १८-३-२-० जग्गा मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको, च्याम्पियन फुटवयेर लि. को जारी पूँजी ५० लाख रहेकोमा सो पूँजीको २५ प्रतिशत सेयर लिने गरी तत्कालीन संचालक समितिले निर्णय गरेको देखिन्छ ।’

सम्झौता बमोजिम १२ लाख ५० हजार लगानी गर्नु पर्नेमा २६ लाख २७ हजार ८२१ रुपैयाँ लगानी गरी तत्कालीन श्री ५ को सरकारलाई हानी नोक्सानी पुर्याई आफूहरुले आर्थिक लाभ लिएको सम्बन्धमा साविक मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुर अनुसन्धानको लागी सम्बन्धित मानिसहरुलाई पक्राउ गरी कानून बमोजिम अनुसन्धान भइरहेको सीआईबीको विज्ञप्तिमा उल्लेख छ ।

चौधरीले उद्योग चलाउन लिएको सो जग्गामा अहिले विद्यालय सञ्चालन भएको छ । सो जग्गाको आजको दिनमा मूल्य डेढ अर्बजति पर्ने देखिन्छ । बाँसबारी क्षेत्रमा आनाको एक करोडको हिसाबले जग्गा खरिदबिक्री हुन्छ । सीबीआईले अनुसन्धानपछि मुद्दा दर्ता गर्दा चलचल्तीको जग्गाको मूल्य समेत बिगो राखेर मुद्दा दर्ता गर्ने छ । यसआधारमा हेर्दा जग्गाको मूल्य डेढ अर्बजति पर्ने देखिन्छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life