Skip to content

स्टार्टअपका लागि कर्जाका लागि प्रस्ताव पेश गर्न आग्रह

काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्तावका लागि आग्रह गरेको छ । 

आज प्रतिष्ठानले एक सूचना प्रकाशित गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० बमोजिम उद्यमका मापदण्डहरु पूरा गरेका तोकिएका क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीहरुले आवेदन दिन सक्ने जनाएको छ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यविधिअनुसारको ढाँचामा प्रस्ताव पेश गर्न सक्ने जनाइएको छ । 

कार्यविधिको मापदण्डमा के छ ?

स्टार्टअप उद्यममा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि प्रचलित कानून बमोजिम दर्ता भई निवदेन दिने अन्तिम मितिसम्म सात वर्ष ननाघेका देहाय बमोजिकका मापदण्ड पूरा गरेका उद्यमी कर्जाका लागि योग्य हुने कार्यविधिमा उल्लेख छ । जसमा कुनै वस्तु वा सेवाको उत्पादन वा सञ्चालन वा वितरण प्रक्रियामा नवीन प्रविधि एवम् सृजनशील सोचको प्रयो गरेको, कूल चुक्ता पुँजी दुई लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म भएको, उद्यमको कूल कारोबार वार्षिक दुई करोड रुपैयाँभन्दा बढी नभएको, स्थिर पुँजी (घर जग्गाको मूल्य बाहेक) दुई करोड रुपैयाँभन्दा बढी नभएको हुनुपर्ने उल्लेख छ । 

कार्यविधिअनुसार कजा अधिकतम २५ लाख रुपैयाँसम्म कर्जाका लागि सिफारिस गर्नुपर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life