काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरका प्रहरीमाथि फूटपाथ व्यापारीले नभइ एमाले कार्यकर्ताले आक्रमण गरेको बताएका छन् । सामाजिक सञ्जाल इष्टाग्राममा झडपमा घाइते भएका महानगर प्रहरीका घाउ केही तस्बिर पोष्ट गर्दै उनले प्रहरीमाथि स्टील र रडले आक्रमण गरिएको बताए ।
उनले भनेका छन्, “महानगरका प्रहरीमाथि एमाले कार्यकर्ताले स्टील र रडले आक्रमण गरेका छन् । फूटपाथ व्यापारीले होइन । महानगर प्रहरीले प्रहरीको अधिकार प्रयोग गरेको नभइ प्रतिरक्षाका लागि गरिएको आक्रमण हो । तपाईंहरुले इस्टाग्राममा हेरेको भिडियोको आधा सरकारले डिलिट गरेको छ । भिडियोमा तपाईंहरुले देखेको महिला फूटपाथ व्यापारी नभइ एमाले कार्यकर्ता हो ।”
बालेनले भिडियो हेरेर इष्टाग्रामका भिडियो हेरेर धेरै सजिलै म्यानुपुलेट भएको बताए । आफूले घाइते महानगर प्रहरीका तस्बिरहरु बाध्य भएर पोस्ट गरेको समेत उल्लेख गरेका छन् ।
केही दिनअघि सुन्धारामा महानगर र केही व्यक्तिबीच झडप भएको थियो । झडपको भिडियो बाहिरिएपछि महानगर प्रहरीले फूटपाथ व्यापारीलाई निर्घात कुटपीट गरेको भन्दै बालेनको आलोचना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्