काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले आईसीटी क्षेत्रमा निकै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।
उनले नेपाल टेलिकमको लाइसेन्स २०८१ को वैशाखमा सकिने र एनसेलको २०८६ भदौमा सकिँदैछ । नेपाल टेलिकम र एनसेलको लाइसेन्सबारे समयमै नसोचे बजार ‘सिस्टमेटिक फेलियर’ मा जाने अवस्था रहेको उनको भनाइ छ ।
उनले मोबाइल सेवा प्रदायकका बारेमा समयमै सोच्नुपर्ने अन्यथा समस्या निम्तिन सक्ने बताएका छन् । हाल मोबाइल सेवा प्रदायकको लाइसेन्स नवीकरण शुल्क २० अर्ब छ ।
प्रतिक्रिया दिनुहोस्