Skip to content
Prabhu

नेपाल पे क्युआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्न सकिने

काठमाडौ । पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरूमा ग्राहकहरूले  नेपाल पेबाट क्यूआर स्क्यान गरेर बिगमार्टमा भुक्तानी गर्दा एकथान हिरो स्कुटर जित्न सकिने भएको छ । कम्पनीहरुबिच भएको सम्झौताअनुसार सेवाग्राहीले वस्तुको खरिदपछि नेपालपे बाट पोखरमा खुलेको बिगमार्टका नयाँ स्टोरमा रकम भुक्तानी गर्दा स्कुटर जित्न सकिने भएको हो ।

यो अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पर्स्याङ्ग स्टोरहरुमा फागुन १९ देखि चैत १७ गतेसम्मका लागि उपलब्ध रहेको बताइएको छ । पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा ७ सय ५० रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको क्यूआरमार्फत भुक्तानी गर्दा यो अवसर पाउने बताइएको छ ।

ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, अधिकांश विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपाल पेबाट क्यूआर गर्न सक्नेछन् । नेपाल पे नेशनल पेमेन्ट स्वीचअन्तर्गत क्यूआर भुक्तानीलाई  एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो ।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले नेपाल पे क्युआरमा ४ लाख ६५ हजार र स्मार्ट क्युआरको २ लाख ५० हजार रूपैयाँ समेत गरी ७ लाख १५ हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध गरेका छन्।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal