काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक तथा सांसद पदम गिरीले बैंक तथा वित्तीय क्षेत्रको बारेमा अपवाह फैलाउनेहरूलाई तत्काल कारबाही गर्नुपर्ने बताएका छन् ।
अर्थ समितिको बैठकमा आइतबार उनले बैंक तथा वित्तीय क्षेत्रलाई असर पार्ने गरी अपवाह फैलाउने बढेको भन्दै त्यस्तालाई कडा कारबाही गर्नुपर्ने बताए । ‘समस्या सहकारी, माइक्रोफाइनान्स हुँदै बैंकतर्फ आयो । अहिलेको सरकार गैरजिम्मेवार भएर यस्तो अवस्था सृजना भएको हो,’ उनले भने, ‘बैंकहरूप्रति अपवाह फैलाउनेहरूलाई तत्काल हतकडी लगाएर कानुनको दायरामा ल्याउनुपर्छ । त्यस्ता व्यक्तिलाई उन्मुक्ति दिनुहुँदैन ।’
उनले बैंकहरू पनि आफ्नो व्यावसायिक प्रक्रियामा चुक्ने गरेको पनि बताए । एउटैले बैंकको कर्जा प्रयोग गर्ने प्रवृत्ति भएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए ।
उनले बैंकका कर्मचारीलाई पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै यो गलत भएको बताए । राष्ट्र बैंकको सल्लाहमा सरकारले बैंकका जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने बताए । उनले एउटैले बैंकको कर्जा प्रयोग गर्ने प्रवृत्ति भएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्