काठमाडौं । आइतबार नेपाली बजारमा सुन प्रतितोला २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि २० रुपैयाँ बढेको छ। शुक्रबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्