काठमाडौँ । वर्तमान सत्तागठबन्धन सरकार परिवर्तन परिवर्तन हुने भएको छ । नेपाली कांग्रेसलगायतका दलको समर्थनमा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग गठबन्धन गर्ने भएपछि कांग्रेस सरकारबाट बाहिरिने भएको हो ।
नेकपा (एमाले)का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन हुने समेत जानकारी दिए । माआवादी अध्यक्ष एवम् प्रचण्डले सरकारमा सहभागी सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरिसकेका छन् । अहिले सरकारमा कांग्रेसका ९ र माओवादीका चार मन्त्री सहभागी छन् । सत्तागठबन्धन परिवर्तनसँगै नेकपा (एकीकृत समाजवादी) भने सरकारमा सहभागी हुने वा नहुने भन्नेमा अन्योलमा परेको छ । नयाँ गठबन्धनमा जसपा र राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुँदैछन् ।
एमालेका तर्फबाट प्रमुख सचेतक पदम गिरी सरकारमा जाने भएका छन् ।
गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।
लोकप्रिय

‘प्रि–आईपीओ’का नाममा मौलाउँदै ठगीः कर छली, लगानीकर्ता ठगिए

कर्जाको गुणस्तरमा समस्या छ, लगानीका सबै क्षेत्र बन्द भएः गभर्नर डा. पौडेल

‘टेक एण्ड पे’ मा चरम विवादः ऊर्जा क्षेत्र सिध्याउने भाइरस बने अर्थमन्त्री, २२७ खारेज नभए ऊर्जा मन्त्रीले राजीनामा दिनुपर्छ: इप्पान

कर्मचारी अवकाश कोषलाई अनिवार्य सरकारी कोषमा लैजाने बजेटको व्यवस्थाप्रति पूर्वअर्थमन्त्री डा.महत रुष्ट
प्रतिक्रिया दिनुहोस्