Skip to content
Prabhu

हल्दिराम बिक्री गर्न कम्पनीहरु किन्न साढे ८ अर्ब डलर तिर्न तयार

nabil
 एजेन्सी । भारतको एउटा कम्पनीको अधिग्रहणका लागि विश्वका प्रसिद्ध कम्पनीहरुबीच होड मच्चिएको छ । भारतीय कम्पनी हल्दिरामलाई प्राप्ति गर्न विश्वका कम्पनीहरुबीच प्रतिस्पर्धा नै चलेको छ ।
एकातर्फ ब्ल्यास्टोन कम्पनी जो अबुधाबी इन्भेष्टमेन्ट अथ्योरिटी तथा सिंगापुर सभोरेन  वेल्थ फन्ड जीआईसीसँग मिलेर कम्पनी खरिद गर्न चाहन्छ भने अर्कोतर्फ बेन क्यापिटल, जो सिंगापुरको टेमासेकका साथ मिलेर खरिद गर्नका  लागि लागिपरेको छ । यी दिग्गज कम्पनीहरुले अफर दिइरहे पनि हल्दिराम कम्पनीले भने बिक्रीका लागि कुनै रुचि देखाएको छैन । के पैसा कम अफर गरेर हो त ? पक्कै पनि होइन ।
यी इक्विटी फार्मले अहिलेसम्म ८ अर्ब डलरदेखि साढे ८ अर्ब  डलरसम्म अफर गरिसकेका छन् । यदी हल्दिरामले यो अफर स्वीकार गरेको अवस्थामा यो भारतको इतिहासमा एफएमसीजीको क्षेत्रमा सबैभन्दा ठूलो अधिग्रहण हुनेछ ।
सन् २०२३  मा भारतीय कम्पनी टाटा कन्जुमर प्रडक्टस्ले पनि हल्दिरामको खरिदका लागि प्रयास गरेको थियो । तर पछि हल्दिराम कम्पनीले आफ्नो भ्यालुएसन १० अर्ब डलर बनाएको थियो । जुन टाटाको हिसाबभन्दा धेरै थियो । तर अहिले कम्पनीलाई त्यत्ति नै बराबरको पैसा अफर भइरहेको छ । यस्तोमा कम्पनीमा के छ भन्ने कौतुलहता जागेको छ ।
हल्दिराम कम्पनीले उत्पादन गर्ने स्न्याक्सको बजार भारतमा मात्रै नभइ विभिन्न अन्य देशमा पनि उत्तिकै छ ।
युरोमोनिटर इन्टरनेशनलका अनुसार भारतका स्न्याक्स मार्केट करिब ६.२ अर्ब डलरको छ । हल्दिराममा यसको १३ प्रतिशत हिस्सेदारी छ । यद्यपि १२ प्रतिशतको हिस्सोदारी पेप्सीको पनि छ । जसको लेज लिप्सको बजार राम्रो छ । यस्तोमा पेप्सीलार्ई खरिद गर्न धेरैले नसक्ने अवस्था भएकाले हल्दिराम उनीहरुका लागि विकल्प बनेको छ ।
बेन  क्यापिटल पछिल्लो महिना हल्दिराम सञ्चालन गर्ने अग्रवाल परिवारका साथ चर्चामा थियो । तर सुरुमा सानो लगानीका विषयमा कुरा भए पनि अन्तिममा उक्त इक्विटी फर्मले हल्दिराममा ७६ प्रतिशतसम्म  शेयर खरिद गर्न चाहेको देखिएको थियो ।
हल्दिराम कम्पनीको स्थापना सन् १९३७ मा भएको थियो । कम्पनीले नमकिन, चिप्स, मिठाइ र बेभरेजसहित फरक फरक प्रकारका स्न्याक्स तथा फूड आइटम उत्पादन गर्छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal