Skip to content
Prabhu

नेता महरद्वारा चुरे संरक्षण अभियानमा ऐक्यबद्धता

nabil

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चुरे तथा वनजङ्गल संरक्षण अभियानमा ऐक्यबद्धता जनाउँदै सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौँको माइतीघर मण्डलामा १४ दिनदेखि धर्ना बसेका अभियन्ताको मागका सम्बन्धमा वातावरण दिवस अवसरमा ऐक्यबद्धता जनाउँदै नेता महरले सरकार र सदनको ध्यानाकर्षण गराएका हुन् । अभियान्ता चुरे संरक्षण र वातावरण जोगाउन सप्तरीको भारदहबाट २५ दिन पैदल यात्रा गरी यहाँ पुगेर १४ दिनदेखि धर्नामा बसिरहेका छन् ।

चुरे विनाशले तराईमा पानीका मुहान सुकेर हाहाकार हुने स्थिति पैदा हुनु चिन्ताको विषय भएको भन्दै यसले वातावरणमा प्रतिकूल असर गरिरहेको नेता महरको भनाइ छ ।

‘चुरे बचाऊः हामीलाई पानी देऊ सरकार’ भन्ने प्रभावित क्षेत्रका जनताको माग हो । पानी नपाएसम्म हामी फर्किनौँ, बरु यतै मर्छौं भनेर जनता सडकमा छटपटाइरहेका छन् । राज्यलाई बिझेको छैन ?’, उनले प्रश्न गरे ।

चुरे दोहन र वन विनाशका कारण पानीको स्रोत सुक्दै गएको र चुरेवासी पानीको सङ्कटबाट गुज्रिनुपरेको अवस्थालाई राज्यले बेवास्ता गर्न नहुने नेता महरले बताए । ‘चुरे संरक्षणलाई सबैको साझा मुद्दा बनाउन र संरक्षणमा जुट्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने।

चुरे मासिँदा भूक्षय बढ्ने, पहिरो जानेलगायत समस्याले त्यस क्षेत्र तथा तल्लो तटीय क्षेत्रमा समेत पानीको स्रोत सुक्दै जाने समस्याप्रति नेता महरले चिन्ता व्यक्त गरे । जमिनमुनिको पानीको स्रोत बचाउन वनजङ्गल फँडानी र अतिक्रमण रोक्नुपर्ने उनको सुझाव छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal