Skip to content
Prabhu

नेपाल–भारतबीचको भुक्तानीलाई सहज बनाउन एसबीआई बैंक र फोन पेबीच सम्झौता

nabil

 

काठमाडौं । नेपाल एसबीआई बैंक र फोन पेबीच नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । बैंकले ग्राहकदेखि व्यापारी भुक्तानी च्यानल सञ्चालन गर्न फोन पेसाग सम्झौता गरेको हो ।

नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब यूपीआई आबद्ध एपहरू फोन पे, भीम यूपीआई, गुगल पेको प्रयोग गरी आफूले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्नेछन् ।

नेपाल एसबीआईको फोनपे नेटवर्कसाग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै यूपीआई भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्नेछन् ।
उक्त सम्झौताले नगदरहित कारोबारलाई प्रबर्द्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य लिएको छ ।

उक्त सम्झौतापत्र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पंडा र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरेका थिए ।

हाल बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १ सय २१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal