Skip to content
Prabhu

मोदीको शपथमा भारत जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा जाने तयारी गरेका छन् । भारतीय जनाता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जाने तयारीमा रहेका हुन् ।

मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा भइरहेको स्रोतले जानकारी दियो ।

लोकसभा निर्वाचन परिणामपछि मोदीले बुधबार राजीनामा दिँदै मन्त्रिपरिषद् भंग गरेका थिए । अब नयाँ मन्त्रिपरिषद् गठनको तयारीमा उनी छन् । बुधबार बसेको गठबन्धनको बैठकले सर्वसम्मतिले मोदीलाई नेता चुन्दै तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal