पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रालि र प्रभु बैंकबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् । अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
अन्नपूर्ण केबलकार प्रालि पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ । उक्त केबलकार यात्रामा माछापुच्छ्रे , धौलागिरी, अन्नपूर्ण, लम्जुङ हिमाललगायतका हिमश्रृंखला, फेवाताल, तालबराही, हरियाली प्रकृतिक छटाहरुको दृश्यका साथसाथै सूर्योदय र सूर्यअस्तको अनुपम एवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।
ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपालभर ३ सय २ शाखा कार्यालय, २ सय ८५ एटीयम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ । प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
साथै, छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ । उक्त समारोहमा प्रभु बैंक सहसम्बन्ध प्रबन्धकहरु प्रकाश पौडेल, शर्मिला भण्डारी, गण्डकी प्रदेश सञ्चालन अधिकृत सन्तोष अधिकारी, अन्नपूर्ण केबलकारका प्रशासन अधिकृत सुजल पौडेल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्