Skip to content
Prabhu

हिमालयन रिले प्राप्त गर्यो विश्व चर्चित जिआइसी रिको ट्रिटीमा हिस्सा

nabil

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले विश्व चर्चित जिआइसी रिको ट्रिटीमा हिस्सा प्राप्त गरेको छ । कम्पनीले भारतको नियमनकारी निकायबाट भारतको पुनर्बिमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै विश्व विख्यात पुनर्बिमा कम्पनी जिआइसी रिको पुनर्बिमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी सफल भएको हो ।

एकपछि अर्को उपलब्धि हासिल गर्ने क्रमलाई निरन्तरता दिएको छ । स्थापनाको चौथो वर्षमा सञ्चालनमा रहेको निजी क्षेत्रबाट सञ्चालित कम्पनी प्रतिजिआइसी रि जस्तो विश्व विख्यात कम्पनीले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको छ । हिमालयन रिइन्स्योरेन्सले भारतसहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal