Skip to content
Prabhu

कल्चरल शो हेर्न सकिने नेपालकै पहिलो भिगन रेस्टुराँ, द भिगन किचेन

काठमाडौं । ठमेलमा द भिगन किचेन रेस्टुराँ खुलेको छ । चार जनाको लगानीमा खुलेको द भिगन किचेन नेपाली ‘कल्चरल शो’ हेर्न सकिने नेपालकै पहिलो रेस्टुराँ हो । शनिबार उपसभामुख इन्दिरा रानामगर, (रेष्टुरेन्ट एन्ड बार एसोएिसन रेबान) का अध्यक्ष संघर्ष बिष्ट र नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रवीन्द्र खड्का, वरिष्ठ गीतकार तथा पर्यटन व्यवसायी देवेन गिरीले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

ठमेलस्थित होटल मनाङसँगै जोडिएको द भिगन किचेन रेस्टुराँ शतप्रतिशत भिगन रेस्टुराँ हो । बिहान १० बजेदेखि राति १० बजेसम्म खुला रहने यस रेस्टुराँमा सेटन बि¥यानी, मिन्ची बि¥यानी, स्टिक बि¥यानी, छोयला, मम, भिगन सिजलर, थालीलगायत अन्य परिकारहरुको स्वाद लिन सकिन्छ । यस्तै हर्बल टी, सोया टि, भिगन लस्सी, पिच भ्यानिला लस्सीलगायत पेय पदार्थ पनि मेनुमा उपलब्ध छन् । डेजर्टमा भने सेनामन रोल र आइस क्रिमको स्वाद लिन सकिन्छ ।

द भिगन किचेनको सजावट विशेष र आकर्षक छ । गोबरले लिपिएका यहाँका भित्ताहरुमा मिथिला चित्रकथा हेर्न सकिन्छ । यहाँ गाउँको झझल्को दिने पारिवारिक वातावरण छ । ‘माछा, मासु र दूधमा जति प्रोटिन पाइन्छ, त्यति नै प्रोटिन भिगनका परिकारमा पाइन्छ ।’ सञ्चालक मध्येकी एक प्रतिमा श्रेष्ठले भनिन्, ‘नेपालमा बिस्तारै मानिसहरु भिगनप्रति आकर्षित हँुदैछन् ।’ रेस्टुराँको मेनु त्यति महँगो छैन ।

भिगनका बिभिन्न परिकारहरुका साथै यहाँ नेपालको संस्कृति झल्किने बिभिन्न नृत्य तथा गीत, संगीत सुन्न र हेर्न सकिनेछ । यस्तो प्रकारको रेस्टुराँ नेपालमै पहिलो भएको प्रतिमाले बताइन् ।
प्रतिमा श्रेष्ठ, राजु शाह, सुनिल श्रेष्ठ र मेलिना राई गरेर चार जना सञ्चालक रहेको द भिगन किचेन रेस्टुराँले हाल १२ जनालाई रोजगारी प्रदान गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal