Skip to content
Prabhu

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम गरेको हो ।

यसअघि नेपाली बजारमा सुनको मूल्य जेठ २५ गते सबैभन्दा धेरै १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले बढेको हो । अघिल्लो कारोबार (शुक्रबार) नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबर भइरहेको छ । शुक्रबार नेपाली बजारमा तेजाबी सुनको मूल्य १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले महँगो भएको छ । आइतबार चाँदी तोलामा १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal