Skip to content
Prabhu

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आइतबार कारोबार सुरु भएको पहिलो आधा घण्टामा नै यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएर नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य अघिल्लो कारोबारको तुलनामा ७३ रुपैयाँ ५० पैसाले घटेर ६६१ रुपैयाँ ५० पैसा पुगेको हो । आइतबारको ३० मिनेटको कारोबार जारी रहँदा समग्रमा भने बजार परिसूचक ८ दशमलव ३० अंकले बढेको छ ।

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal