Skip to content
Prabhu

१ लाख घुससहित कारागारका शाखा अधिकृत पक्राउ

काठमाडौं । नवलपरासी पश्चिमबाट १ लाख घुस सहित कारागार कार्यालयका शाखा अधिकृत पक्राउ परेका छन् । कारागार कार्यालय नवलपरासी पश्चिममा कार्यरत कारागार प्रशासक विनोदकुमार दत्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको हो ।

उनलाई आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो । दत्तले कारागारमा काम गरेवापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस लिएको पाइएको अख्तियारले जनाएको छ । उनलाई कारागार प्रशासकको निवासबाट आइतबार पक्राउ गरिएको हो । दत्तको साथबाट स्रोत नखुलेको अरु ५० हजार रुपैयाँ पनि बरामद गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal