Skip to content
Prabhu

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त,सपथ भोलि लिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । कार्यकालको हिसाबले उनी चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

आइतबार राष्ट्रपति कार्यालयमा नवनियुक्त प्रधानमन्त्री ओलीले सपथ लिनेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal