Skip to content
Prabhu

पाँच वर्षदेखि धनगढी उपमहानगरको आन्तरिक आयमा वृद्धि

nabil

कैलाली । धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्याङ्कअनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको हो ।

आर्थिक वर्ष २०७६र७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक वर्ष आन्तरिक आम्दानी बढ्दै गएको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए। उनका अनुसार उपमहानगरले आव २०७६र७७ मा १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ आन्तरिक आम्दानी गरेकामा आव २०७७र७८ मा २० करोड ६० हजार रुपैया, आव २०७८र७९ मा २२ करोड १८ लाख २९ हजार रुपैयाँ, आव २०७९र८० मा २७ करोड ९२ लाख १५ हजार रुपैयाँ र गत आवमा ३३ करोड १२ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

राजस्व शाखा प्रमुख ओझाले भने, ‘हरेक वर्ष उपमहानगरको आन्तरिक आम्दानी बढ्दै गएको छ । करका दायरा बढ्दै जाँदा आन्तरिक आम्दानी बढ्दै गएको हो ।’ उपमहानगरले गत आवमा सम्पत्ति करबाट ३ करोड ४४ लाख २९ हजार रुपैयाँ, भूमिकर १ करोड पाँच लाख ४५ हजार रुपैयाँ, बहालकर ७ करोड ५५ लाख ८१ हजार रुपैयाँ, बहाल बिरौटीकर ४५ लाख १२ हजार रुपैयाँ, सवारीसाधन कर छ लाख ४० हजार र अन्य करबाट पाँच लाख ४९ हजार रुपैयाँ यथार्थ आम्दानी गरेको उनले जानकारी दिए ।

राजस्व शाखा प्रमुख ओझाका अनुसार सरकारी सम्पति बहालबाट प्राप्त आय ९४ लाख १७ हजार रुपैयाँ, सरकारी सम्पत्ति बिक्रीबाट ६७ हजार रुपैयाँ, अन्य सेवा शुल्कबाट ३८ लाख ७७ हजार रुपैयाँ, शिक्षा क्षेत्रको आम्दानी २३ लाख १९ हजार रुपैयाँ, पार्किङ शुल्कबाट ७८ लाख ९७ हजार रुपैयाँ, नक्सा पास दस्तुरबाट ३ करोड नौ लाख ६९ हजार रुपैयाँ, सिफारिस दस्तुरबाट एक करोड ९२ लाख ७१ हजार रुपैयाँयथार्थ आम्दानी भएको छ ।

व्यक्तिगत घटना दर्ता दस्तुर १६ लाख १८ हजार रुपैयाँ, नाता प्रमाणित दस्तुर ४ लाख ८७ हजार रुपैयाँ, अन्य दस्तुरबाट नौ लाख ३६ हजार, प्रशासनिक दण्डजरिवानाबाट ७४ लाख २९ हजार रुपैया, व्यवसायबाट ३ करोड ९८ लाख ५६ हजार रुपैयाँ, अन्य राजस्व रु सात करोड ९२ लाख ३४ हजार, बेरुजुबापत ६ लाख ५८ हजार रुपैयाँ, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार रुपैयाँ, विज्ञापन करबाट पाँच हजार र अन्यबाट ९ लाख १३ हजार रुपैयाँ यथार्थ आम्दानी भएको उनले जानकारी दिए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal