Skip to content
Prabhu

नेपाल टेलिकम सञ्चालक समितिको अध्यक्षमा राधिका अर्याल नियुक्त

काठमाण्डौ । नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा राधिका अर्याल नियुक्त भएकी छन् । अर्यालले साउन २१ गतेदेखि अध्यक्षको जिम्मेवारी पाएकी हुन् ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको नियमावली अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अध्यक्ष हुने व्यवस्था रहेको छ । जस अनुसार अर्याल टेलिकमको अध्यक्ष बनेकी हुन् । यसअघि रामकृष्ण सुवेदी अध्यक्ष रहेका थिए । साउन १४ गते मन्त्रिपरिषद्को निर्णय अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको रुपमा अर्यालले जिम्मेवारी पाएकी थिइन्।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal